बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्न हात बाँधिएको छ : डंगोल


काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधिदिएको गुनासो गरेका छन्।

बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन्।

उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानुन बनाउनुपर्ने बताइन्। उनले काठमाडौं महानगरले आफ्नो काम कर्तव्य,अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखि तीब्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको बताइन्।

उनले स्थानीय तहलाई कार्यान्वयन गर्न कानुन नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्याहरू झेल्नुपरेको बताइन्। स्थानीय तहको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनको निम्ति संघ प्रदेश सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ।

डंगोलले तीनै तहमा सहकार्य समन्वय गरेर सह–अस्तित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कर्तव्यहरू दोहोरो रहेको बताइन्। दोहोरो काम कर्तव्य हुँदा पनि काम गर्न अप्ठ्यारो भएको डंगोलको अनुभव छ।

उनले उपभोक्ताहरूको हक अधिकार सुनिश्चित गर्न दोहोरो काम कर्तव्यलाई नीतिगत रुपमा नै सुधार गर्नुपर्ने आजको आवश्यक रहेको बताइन्।

उनले बजार अनुगमन व्यक्तिगत भन्दा पनि स्वचालित प्रणालीमा हुनुपर्ने बताइन्। महानगर उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नका लागि तत्पर रहेको भन्दै सबैले फिल्डमा काम गर्दा निष्पक्ष भएर काम गर्न सक्नुपर्ने उनको भनाइ छ।

कार्यवाहक प्रमुख डंगोलले बजार अनुगमन गर्दा व्यक्तिगत स्वार्थका कारण विभिन्न समस्या भोगिरहेको पनि गुनासो गरिन्। उनले व्यक्तिगत स्वार्थहरु राख्नेहरूले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको उल्लेख गरिन्।

उनले महानगरमा निर्वाचित भएर आएको ९ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरूले थाहा पाइसक्ने गरेको बताइन् । अनुगमन टोली पुग्दा व्यवसायीहरुले सटर लगाई सक्ने भएकाले हामी आफै जिम्मेवार हुनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP