सकियो ५ दिने एडभान्स फोटोग्राफी तालिम


शिवराज अनलाइन, कृष्णनगर । शिवराज मिडिया प्रालिको आयोजना र कृष्णनगर नगरपालिकाको सहयोगमा सञ्चालित एडभान्स फोटोग्राफी तालिम सकिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बर्दिया गैँडा क्याम्पमा सञ्चालित ५ दिने एडभान्स फोटोग्राफी तालिम मंगलबार समापन भएको छ । शुक्रबार ३ गतेदेखि सुरु भएको फोटोग्राफी तालिम ७ गते समापन गरिएको शिवराज मिडिया प्रालिद्वारा सञ्चालित शिवराज अनलाइनका प्रबन्ध निर्देशक मनिष गुप्ताले जानकारी दिनुभयो ।

कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले फोटोग्राफी पत्रकारितालाई पेसागत रुपमा अगाल्नुपर्ने बताउनुभयो । उहाँले फोटोग्राफी पत्रकारितामा चाँसो लिन आवश्यक रहेको बताउनुभयो । उहाँले यसले जीवन र संसारको यथार्थतालाई बुझ्ने एक मात्र माध्यम भएको उहाँको भनाइ छ ।

समाचारको सही सम्प्रेषण नहुँदा समाचारप्रति नागरिकको विश्वासनीयता घट्दै गएको बताउँदै सत्यसत्य समाचार सम्प्रेषण ध्यान दिन जरुरी रहेको नगर प्रमुख शाहले जोड दिनुभयो । उहाँले सन्तुलित समाचार सम्प्रेषण नहुँदा विश्वासनीयता घट्दै गएकोले समाचार भरपर्दो हुनुपर्नेमा जिकिर गर्नुभयो ।

फोटोग्राफी कार्यक्रमका प्रशिक्षक चन्द्र शेखर कार्की, दिपेन्द्र बडुवाल र मनोज पौडेलले एडभान्स फोटोग्राफीको तालिम दिनुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP