Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

विराटनगरका मेयर पराजुली भन्छन्,‘संघको आस गरियो भने जनता मर्छन’

काठमाडौँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न संघीय र प्रदेश सरकार असफल र अनुत्तरदायी भएको भन्दै सवै स्थानीय तहहरुबाट विरोध भइरहेका बेला विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संघ र प्रदेश सरकारको आसामा बस्ने सवै स्यानीय सरकारहरुले जनता बचाउन नसक्ने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै महानगर प्रमुख पराजुलीले यस्तो महामारीको संकटका समयमा समेत संघीय सरकारले जनतालाई वेवास्ता गरेको भन्दै अव पनि अरु उपाय नखोजि मुख ताकेर बस्ने हो भने प्राय सवै स्थानीय तहमा रोग र भोकमरीको महामारी चल्ने बताउनुभयो ।

संघीय सरकारबाट अहिले सम्म नगन्य किट बाहेक एक रुपैँया पनि सहयोग नआएको र प्रदेश सरकारले दिएको २० लाखले ६० रुपैँयाका दरले राहत वितरण गर्न समेत नपुगेको बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकार नजताप्रति भन्दा भ्रष्टाचारप्रति अत्तरदायी बन्न थालेकाले जनताले पनि आस गर्न छाडिसकेको दावी गर्नुभयो ।

पराजुलीले भन्नुभयो,‘अहिले सम्म त जसो तसो धानेका छौ । खानै नपाएको अवस्था र पोजेटिभको अवस्था अरु प्रदेशहरुमा भन्दा कम रहेपनि समस्या भने जटिल भन्ने खतरा बाँकिनै रहेको छ । हामी अरु धेरै नगरपालिका र गाउपालिका भन्दा अलि सम्पन्न छौँ । यहाँ धेरै धनी र धेरै गरिवहरुको पनि बसोबास छ । सरसहयोग र आफ्नै स्रोतबाट धानिएको छ । तर, सवैको अवस्था हाम्रो जस्तो छैन । त्यहाँ प्रदेश र संघले नहेर्ने हो भने जनता मर्छन’ ।

उहाँले आफुले एकवर्षको तलब राहत कोषमा राखेको र अरु जनप्रतिनिधिहरुले पनि सकेजति सहयोग गरेको र पहिलो चरणमा ३० हजारलाई राहत वितरण गरेको भन्दै प्रदेशले दिएको २० लाख प्रति व्यक्ति ६० रुपैया पनि नपरेको जानकारी दिनुभयो । केही धनी व्यक्तिहरुको सहयोग र आफ्नो स्रोतबाट अहिले सम्म भोको नराखेको तर, संघबाट केहि नआउदा जनताप्रति अनुत्तरदायी देखिएको पराजुलीको भनाइछ ।

उहाँले भन्नुभयो,‘बजारहरु विहान ६ बजेदेखि १२ बजेसम्म खोल्ने निर्णय गरेका छोै । पोर्टोकल अनुसार व्यवस्थापन गर्न सहमति गरेका छौ । अब बजार खोलेर कोरानालाई आत्साथ गरेर अगाडी जाने निर्णय गरेका हो । निर्माण विकासका काम स्थानीय मजदुरबाट गराएका छौ । किट छैन न प्रदेशले दिन्छ न संघीय सरकारले दिएको छ । नगन्य मात्रै दिएको थियो । हामी आफैले १२ सय भिटिएम किनेर ल्यायौ । तर, स्वाब परिक्षण गर्न पाएका छैनौ । ल्याब भए हामी आफै गर्ने थियो’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP