Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

‘संघीय सरकारले पर्याप्त दिएको छ, प्रदेशले खर्च गर्न नसकेको हो’

काठमाडौँ । स्थानीय तह र प्रदेश सरकारहरुले संघीय सरकारबाट केहि नपाएको गुनासो गरिरहे पनि सत्तारुढ दल नेकपाका नेताहरुले भने संघले दिएको पर्याप्त स्रोत र साधनको प्रदेश सरकारहरुले उपयोग गर्न नसकेको बताएका छन् । प्रदेश र स्थानीय तहलाई पनि आवस्यक तयारीका लागि संघीय सरकारले कुनै अभाव हुन नदिएको दावी उनिहरुको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेकपाका नेता तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले सवै ठाँउमा केन्द्र सरकराले आवस्यक स्रोत र साधन भएको र सवै भन्दा बढी प्रदेश २ मा गएको दावी गर्नुभयो ।

उहाँले अहिलेको सरकार कोरोना नियन्त्रणमा कुनै पनि कोणबाट असफल नभएको भन्दै तयारी अनुसार संक्रमण बढी भएकाले पर्याप्त नदेखिएको बताउनुभयो । छिमेकि मुलुक भारतबाट आएको ठूलो सख्यालाई सावधानी अपनाउन नसक्दा जोखिम बढेको र सरकारले यत्तिको तयारी नगरेको भए २७ हजार मान्छे मर्नबाट नजोगिने अधिकारीको भनाइछ ।

उहाँले भन्नुभयो,‘सरकारले थप समन्वय गर्नुपर्यो । प्रदेश सरकारलाई पर्याप्त साधन स्रोत दिएको छ । काम गर्न सकेनन् । दुइनम्बर खतम भो । चुनौती थपिदै गएका छन् । सरकारले २७ हजार मान्छे बचाएको कसैले देख्दैनन् । परिक्षण बढाएर लानुको विकल्प छैन । लकडाउन खुकुलो बनाएर खतरा बढाउने काम भयो । मान्छेले अझै सोशियल डिस्टेन्स छैन । खुकुलो भनेर सवैलाई खुल्ला गर्ने हैन । भोली हामी सखाप हुन्छौ । मृत्युलाई निम्ता दिने काम हुन्छ’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP