Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ


धनगढी : धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने ओमप्रकाश अवस्थी पक्राउ परेका छन्। शुक्रबार आफूलाई नेविसंघको कार्यकर्ता बताउँदै महेन्द्रनगर पोष्टका सम्पादकसमेत रहेका धामीलाई धम्की दिने अवस्थी समातिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। अवस्थीले हिजो पत्रकार धामीलाई फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए।

धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको ‘कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की’ शीर्षकको समाचारको विषयलाई लिएर ‘समाचार किन लेखिस्? तेरा हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्क्याएका हुन्।

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, कैलालीलगायत पत्रकारका विभिन्न संगठनहरूले ध्यानाकर्षण भएको जनाउँदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका थिए।

उनीहरूले समाचारमा असहमति भए कानूनी उपाय खोज्ने उपाय हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भर्त्सना गर्दै कारबाहीको माग गरेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP