Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार कुनै हालतमा टिकाउने दाबी गरेका छन्। शुक्रबार मिसन ग्रासरुटअन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा एमाले नेतृत्वको सरकारलाई जसरी पनि टिकाउने दाबी गरेका हुन्।

‘कोशी प्रदेशमा सरकार टिकाउँछौँ। यसको कारण राप्रपा हो। राप्रपासँग ६ सिट छ अब एउटा खोज्नुपर्नेछ। एउटा हामी खोज्छौँ। राप्रपालाई भोट नदिएर कांग्रेसलाई जित्ने स्थिति दिएको भए। हामी ४० को ४० हुने थियौँ। हाम्रो साथमा कोही पनि हुँदैनथे नि! हाम्रो साथमा हुने साथी हामीले खोज्यौँ,’ उनले भने।

कोशी प्रदेशमा एमालेबाट हिक्मत कार्की मुख्यमन्त्री छन्। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, माओवादी केन्द्रका १२ र जसपाका एकजना सांसदको समर्थनमा मुख्यमन्त्री छन्। तर, माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की अल्पमतमा पर्नेछन्।

आठ दलीय गठबन्धनसँग पनि स्पष्ट बहुमत पुग्ने देखिन्छ। नयाँ गठबन्धनमध्ये नेपाली कांग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग सभामुखसहित १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सांसद छन्। विशेष अवस्थामा सभामुखले पनि विश्वासको मत दिन पाउने कानुनी व्‍यवस्था छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP