सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनु र ‘भैंसीको अगाडि बाँसुरी बजाउनु’ उस्तै भएको व्यंग्य गरेका छन्।

उनले वर्तमान सरकारलाई सुझाव दिए पनि सरकारले नसुन्ने भएकाले त्यसको कुनै अर्थ नरहेको भन्दै यस्तो व्यंग्य गरेका हुन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दिएको सुझावको मतलब नै नराख्ने जिकिरसमेत गरे।

अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रुपमा भित्रने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नेपाली उद्योग प्रवर्द्धन गर्न सरकारले कच्चा पदार्थको आयात सहज र सस्तो बनाउनुपर्ने पनि बताए।

‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा उखान छः भैंसके आगे बिन बजाए, भैंस रहे पगुराए’ भन्छ। भैसीको अगाडि बाँसुरी बजायो भने उग्राएर बस्छ‚ भैंसीले केही मतलब राख्दैन। त्यस्तै हो‚ अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि‚¹ उनले भने, ‘हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्यौट गर्नु एउटै कुरा हो। विदेशी जुत्ता सस्तोमा पाउने भएपछि त्यतै मान्छे आकर्षित हुन्छ। स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म‚ संरक्षण दिनु पर्छ। त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था र नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेपलाई रोक्नु पर्छ।’

ओलीले स्वदेशी वस्तुको उत्पादनलाई बढावा दिन सरकारले नै स्वदेशी वस्तु उपयोग हुने खालको नीतिमा जोड दिनुपर्ने पनि बताए। त्यस क्रममा उनले नेपाली जुत्ता–चप्पलका सबै ब्राण्डहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP