Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

लकडाउनमा बजार खोल्न नदिने निर्णय

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भन्नुभयो, ‘सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यापार व्यवसाय सञ्चालनका सम्बन्धमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल पछि मात्र यो विषयको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP