Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

नक्कली बिरामी बनेर एम्बुलेन्समा लागुऔषध तस्करी : तीन जना पक्राउ

दाङ – नक्कली बिरामी बनेर एम्बुलेन्समा खैरो हेरोइन बोकेर आउँदै गरेका तीन जना दाङमा पक्राउ परेका छन् ।

तुल्सीपुर उद्योग वाणिज्य संघको रा १ च ३८९ नम्बरको एम्बुलेन्समा बाँकेको नेपालगञ्जबाट दाङको तुल्सीपुर आउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर-१३ऽ दमारगाउँ अस्थायी प्रहरी पोष्टमा जाँच गर्दा एम्बुलेन्समा रहेका दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ बरालाका २३ वर्षीय शंकर पुन नक्कली बिरामी बनेर १६ ग्राम ४ सय ५० मिलिग्राम खैरो हेराेइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा आएकी तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ की १८ वर्षीया दिपा थापालाई सोधपुछ गर्दा शंकर नक्कली बिरामी बनेर आएको जानकारी पाएपछि उनको शरीर खानतलासी गर्दा पाइन्टको गोजीमा कालो प्लाष्टिकका दुइवटा पोका बनाइ लुकाइराखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पुन, थापा र एम्बुलेन्स चालक दाङको दंगीशरणका तिलक विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP