यी स्थानमा आज चट्याङसहित वर्षा


काठमाडौं : सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।

स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय हुँदा देशका धेरै स्थानमा मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ। उनका अनुसार अपराह्नतिर काठमाडौंमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शनिबार देशभरको मौसम पूर्ण बदली रहने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार बिहान काठमाडौंको न्यूनतक तापक्रम १४ डिग्री सेल्सियस मापन भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP