Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा


शिवराज अनलाइन, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकादेखि भैरहवा मेडिकल कलेजका लागि निःशुल्क बस सेवा सञ्चालनमा आएको छ । कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लागि शुक्रबार निःशुल्क बस सेवाको उद्घाटन गरेका छन् । हरेक हप्ताको सोमबार, बुधबार र शुक्रबार गरि ३ दिन बिरामीहरुले बस सेवा पाउने भैरहवा मडिकल कलेजले जनाएको छ । कृष्णनगर नगरपालिकाको प्रतिनिधित्वमा भैरहवा मडिकल कलेज अस्पतालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

कृष्णनगर बजार हुँदै बहादुरगञ्ज, मोहन मिष्ठान भण्डार, छोट्की तौलिहवा, कोदहा, गोपालपुर, पिपरहवा, बाणगंगा पुल, बर्गदा, जुगनी, मैडहवा, बरईपुरा, राजपुर, जिगिना, तौलिहवा अस्पताल हुँदै भैरहवा मेडिकल कलेज बस जाने जनाइएको छ । मेडिकल कलेज जाने बस कृष्णनगर नगरपालिकाको गेटबाट छुट्ने जनाइएको छ । कृष्णनगरदेखि बस बिहान ८ बजे छुट्ने र भैरहवा मेडिकल कलेज अस्पतालबाट बेलुका ४ बजे बस छुट्ने बताइएको छ ।

नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका सर्वसाधारण बिरामीहरुलाई मध्यनजर गर्दै भैरहवा मेडिकल कलेजको निःशुल्क बस सेवा सञ्चालन भइरहेको हुँदा अस्पतालसम्म जाने, आउने बिरामीहरुलाई नगरपालिकाको पहलमा बस सुविधा दिएको बताए । बस सेवा सञ्चालनले बिरामीलाई उपचारका लागि आउने जाने समस्याबाट मुक्ति दिलाउने उद्धेश्यकाका साथ बस सेवा सञ्चालन गरिएको शाहले बताए । उनले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भैरहवा मेडिकल कलेजका प्रशासन संयोजक तेज प्रसाद केसीले मेडिकल कलेजले दिने सेवा सुविधाहरु बिरामीलाई छिटो–छरितो रुपमा उपलब्ध गराउने बताए । उनले अति विपन्न, गरिब परिवारका बिरामीलाई मेडिकल कलेजबाट छुट हुने सुविधा दिइने जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP