Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित


काठमाडौँ : चिसो मौसम सकिएर गर्मी मौसम शुरु भएसँगै पुनः डेंगु संक्रमित देखिन थालेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले फागुन अन्तिम सातायता देशभर ३ सयजना डेंगु संक्रमित भेटिएको बताए।

गत साउनमा शुरुमा ललितपुरमा डेंगु संक्रमित धेरै भेटिए पनि फागुनयता ललितपुरबाट डेंगुका संक्रमित निकै कम रिपोट भएको उनले बताए। ‘गर्मी शुरु भएसँगै डेंगु संक्रमितको प्रतिवेदन राख्न थालिएको छ। फागुनयता देशभर ३ सयजनामा संक्रमण देखिसकेको छ’‚ डा. दाहालले भने।

यो अवधिमा सबैभन्दा धेरै संक्रमित दार्चुलामा भेटिएको उनले बताए। ‘फागुनयता सबैभन्दा धेरै दार्चुलामा ४० जना डेंगुका स‌ंक्रमित भेटिएका छन् भने बाँकी काठमाडौं‚ भक्तपुर र देशभरका अन्य जिल्लाका ४२ स्थानीय तह रहेका छन्’‚ दाहालले भने।

डेंगुका संक्रमित पुनः देखिन थालेपछि सबै प्रदेश तथा सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूलाई सावधानी अपनाउन आग्रह गरिएको समेत उनले बताए।

‘गत साउनदेखि कात्तिकसम्म हाम्रोमा यो वर्ष डेंगु धेरै देखियो। अहिले पनि संक्रमण देखिन शुरु भइसकेको अवस्थामा संक्रमण नियन्त्रण गर्न वेलैमा योजना बनाउन प्रदेश सरकारदेखि सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूसँग छलफल गरिसेका छौँ। शुरुमै सावधानी अपनाएर संक्रमण बढ्न नदिने रणनिति छ’‚ डा. दाहालले भने।

यो वर्षको साउनदेखि गत कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। यो अवधिमा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने डेंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

पुनः डेंगु संक्रमण देखिन थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गरेको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ।

यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP