‘भारतीय चेलीको दादागिरी’को विषयले संसदमा हंगामा, रगत उम्ले वागमतीमा पौडी खेल्न सुझाव

काठमाडौँ – भारतीय चेलीले दादागिरी बढाएको भन्ने सत्तारुढ सांसद गंगा चौधरीको अभिव्यक्तिलाई लिएर संसद बैठकमा हंगामा मच्चिएको छ । मधेसवादी दलका सांसदहरुले सत्तारुढ सांसद चौधरीको उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गर्दै विरोध जनाएका छन् । सो क्रममा सत्तारुढ दलका सांसदले नियमापत्ति जनाएका थिए ।

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्दै समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले सत्तारुढ सांसद चौधरीको अभिव्यक्ति घृणाको अभिव्यक्ति भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँले घृणाको अभिव्यक्ति कानुनी कारबाहीका लागि आधार हुने भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

यो विषय संसदको रेकर्डबाट नहटाइए विभाजनको दरार उत्पन्न हुने उहाँले जिकिर गर्नुभयो । भारतीय चेलीको दादागिरी शब्दप्रति निकै आक्रोशित गिरीले आफूले बोलेको अभिव्यक्तिलाई मिडियाले तोडमोड गरेको र त्यसकै आधारमा सत्तारुढ सांसदको अभिव्यक्ति आएकोमा खेद प्रकट गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP