Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

संघीय सरकारले बेलैमा मापदण्ड नबनाएर गल्ती गर्योः मुख्यमन्त्री भट्ट

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले देश बाहिर रहेका नेपालीहरुलाई ल्याउने र आवस्यक क्वारेन्टिनको मापदण्ड सुरुमै बनाउन नसकेकाले प्रदेशमा समस्या जटिल बन्दै गएको बताउनुभएको छ । सुरु देखिनै भारतबाट आउने नेपालीहरुलाई आउन नदिन संघीय सरकारको कम्जोरी भएको उहाँको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमणको अवस्था नियन्त्रण भन्दा बाहिर नगए पनि समस्या भने जटिल बन्दै गएको बताउनुभयो । भारतमा रहेका नेपाली नागरिकहरु नेपाल फर्कन थालेपछि संक्रमितको संख्या बढीरहेकाले समस्या जटिल भएपनि भयवह कै स्थिति भने नभएको दावी गर्नुभयो ।

उहाँले संघीय सरकारलाई एउटा भएपनि पीसीआर मेसिन उपलब्ध गराउन आग्रह गर्दा पनि नआएको भन्दै अहिले भएको एउटा मेसिनले दैनिक १५० भन्दा बढीको परिक्षण गर्न नसकिएको बताउनुभयो । एउटा पीसीआर मेसिनले ६५ हजार माथि क्वारेन्टिमा भएकालाई परिक्षण गरेर भ्याउने अवस्था नभएको भन्दै अहिले सम्म लुकेर गएका बाहेका विना परिक्षण कसैलाई पनि घरजान नदिएको मुख्यमन्त्रीको भनाइछ ।

भट्टले भन्नुभयो,‘९ वटै जिल्लामा हेलिकोप्टरबाट सस्वाब लिने काम भएका छन् । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका संक्रमितहरु अहिले सम्म मरेको अवस्था छैन । अहिले विना लक्षण संक्रमण देखि थालेकाले केहि समस्या भएको हो । परिक्षणको दायरा बढाउन आवस्यक सामाग्रीहरु अभाव छ ।’

उहाँले संघीय सरकारले सहयोग नगरेकाले प्रदेश सरकार आफैले पनि आवस्यक सामान खरिद गर्न लागिएको बताउदै पछिल्लो समयमा भारत लगायतका देशबाट आउनेको संख्या बढेकाले व्यवस्थापनमा समस्या आएको बताउनुभयो । भट्टले सरकारले सक्दो काम गरिरहेको दावी गर्दै अहिले सम्म ६५ हजार व्यक्तिलाई क्वरेन्टिनमा राखिएको अवस्थामा सरकारले काम गरेन भन्न नमिल्ने बताउनु भयो ।

उहाँले संघीय सरकारले सुरुकै अवस्थामा उचित निति बनाउन नसकेकाले अहिले आएर समस्या भएको दावी गर्नुभयो । अहिले आफुहरुले सवैसँग छलफल गरिरहेको र प्रदेश सरकारबाट केहि कमिकम्जोरी भएपनि सक्दो गरिरहेकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अरुकारण मरेका छैनन । क्वारेन्टिनमा पनि मापदण्ड बदल्नुपर्ने अवस्था देखिएको छ । देशभरी एकै मापदण्ड बनाएर नगए सम्म समस्याको समाधान हुन सक्दैन । क्वारेन्टिमा भद्रगोल नै भएको हैन केहि कम्जोरी चाहि भएको छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP