काठमाडौं । केही समयअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र नेतृत्वको विषयमा देखिएको विवाद मिलाउने जिम्मा तीन नेतालाई दिइएको छ । शनिबार भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।
तत्कालीन राजपा नेपालको पार्टी कार्यालयमा बसेको दुई पक्षीय छलफलमा दुवै पक्ष आआफ्नो अडानमा अडिग रहेपछि सहमति जुटाउने जिम्मेवारी ठाकुर, यादव र भट्टराईलाई दिइएको बताइएको छ।आइतबार तीन नेताबीच छलफल भएर निष्कर्ष निस्कने विश्वास लिइएको छ ।
तीन नेताबीचको छलफलमा सहमाति जुटेपछि फेरि सामूहिक बैठक बसेर अन्तिम रुप दिइने छ। जसपामा कस्को नेतृत्वमा पार्टी दर्ता गर्ने भन्ने विषयमा विवाद रहेको छ । त्यसका लागि केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया