Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच सम्झौता : इसुजुका गाडीमा लगानी गर्ने

१४ बैशाख, काठमाडौं : नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, ट्रिपर आदिमा लगानी गर्ने विषयमा सम्झौता भएको छ।

सम्झौता अनुसार लक्ष्मी कमर्सियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, ट्रिपर आदिमा बैंकका नेपालभर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ। साथै, यस्तो कर्जा बढीमा सात वर्षसम्मका लागि उपलब्ध हुनेछ। साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने लक्ष्मी कमर्सियलका बिजनेस हेड सञ्जय खड्काले जानकारी दिए।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्सिययल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरे। सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकले २०८० वैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ।

बैैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले यो सम्झौतापश्चात् दुई संस्थाबीचको ब्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्ने बिचार ब्यक्त गरे। लक्ष्मी कमर्सियल भेहिकल्सका सबै शाखा कार्यालय, डिलरबाट एभरेष्ट बैंक सँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकलाई आवश्यक ऋण लिने प्रक्रियामा सहजीकरण गरिने लक्ष्मी कमर्सियलका नेटवर्क हेड ईश्वर दहालले जानकारी दिए।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक बितरकको रूपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडी आयात गरी नेपालको बजारमा बिक्री बितरण गर्ने र ती गाडीलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP