काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ।
आज दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभएको छ ।
बैठकमा कोरोना भाइरस माहामारीबारे विशेष छलफल र निर्णय गरिने प्रवक्ता शर्माको भनाइ छ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै कांग्रेसले सरकारको गतिविधिको आलोचना गर्दै आएको छ।
कांग्रेसले विदेशमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर फर्काउनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै आएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया