परासी — पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउनेक्रममा रोक्न खोजेपछि झडप भएको हो । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएका छन् ।
सशस्त्र प्रहरीका एसपी भरत खनियाँका अनुसार अवैधरुपमा सामान नेपालतर्फ पुर्याउन खोज्ने समूहलाई रोक्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि ६ राउन्ड हवाई फायरसमेत गरिएको छ ।
‘लकडाउनको समयमा नेपाल भारत सीमा बन्द छ । यस्तो समयमा भारतबाट भन्सार छलेर सामान ल्याएपछि रोक्नेक्रममा सुरक्षाकर्मीको अस्थायी बिट भत्काएपछि झडप भएको हो । ’ झडपको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । ढुंगामुढा प्रहार गर्दै अस्थायी बिटमा आक्रमण हुँदा सुरक्षाकर्मी घाइते भएका हुन् । ४ स्थानीय पनि घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।
स्थानीयले भने खेती लगाउनका लागि रासायनिक मल ल्याउँदा रोकेको र सोहीक्रममा गोली चलाएको बताए । स्थानीयले गुलेलीले आक्रमण गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया