Trending
अपराध क्षणिक रिस रोक्न नसक्दा मारिँदैछन् निर्दोष आर्थिक पोखराको होटल सरोवर र किङस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट स्वास्थ्य स्वास्थ्यमन्त्री यादवको वीरमा ३ घण्टा छड्के राजनीति संसद् सचिवालयलाई बजेटको कमी हुँदैन : अर्थमन्त्री राजनीति कर्णाली प्रदेश : मन्त्री शाहलाई भूमि व्यवस्था तथा कृषिको कार्यभार समाज सगरमाथाबाट ओर्लंदा एकजना नेपाली र एकजना बेलायती बेपत्ता समाज गर्मी बढेपछि चितवनका ६० जना कैदीलाई सारियो समाज कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको विरोध राजनीति अनलाइनबाट सुझाव लिएर नीति, कार्यक्रम र बजेट बनाउँदै पैयूँ राजनीति गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधार पत्र सार्वजनिक

प्रेस सेन्टर कपिलवस्तुको साधारणसभा सम्पन्न,पत्रकार केसि सम्मानित

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तुको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शिवराज नगरपालिका १ शिवपुरम सोमबार भएको सभलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका कपिलवस्तु इन्चार्ज कमल चुदालीले पत्रकारले सहि सुचना नागरिक समक्ष पुर्याउनुपर्ने बताउनुभयो ।

अहिलेको सरकारले गरेका कामलाई जनतामाझ पुर्याउनु पत्रकार महत्त्वपूर्ण भुमिका हुने जिकिर गर्नु भयो । भष्ट्रचार देखि अपराध सम्मलाइ माओवादीले ढाकछोप नगर्ने प्रमाणित भएको बताउनुभयो । माओवादी केन्द्रका केन्द्रिय सदस्य रुद्रलाल बन्जाडेले माओवादीले काम गर्न जानेको तर प्रचार गर्न नजानेको बताउनुभयो ।

सकारात्मक काम लाई जनता माझ पुराउने र गलत काम गर्नेलाई खबरदारी गर्ने काम पत्रकारको रहेको बताउनुभयो ।
कार्यक्रममा स्व सिपि शर्मा स्मृति पत्रकारिता पुरस्कार दिपक केसिलाई प्रदान गरिएको छ । नागरिकको पक्षमा निरन्तर कलम चलाएको भन्दै रेडियो शिवराजका स्टेसन म्यानेजर केसिलाइ नगद १५ हजार ले सम्मान गरिएको हो ।

कार्यक्रममा प्रेस सेन्टर कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्षता, नेकपा माओवादी केन्द्रका कपिलवस्तु इन्चार्ज कमल चुदाली प्रमुख आतिथ्यता,रुद्रलाल बन्जाडे,मानसिह विक सरोज खनाल,राजेन्द्र आचार्य,जिवन खड्का,अनुप चौधरी,बसन्त गिरी,डिलाराम भुसाल,चिन्ता परियार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP