रुपन्देहीमा हत्या गरिएका पाँचै जनाको परिचय खुल्यो

रुपन्देही – रुपन्देहीमा हत्या गरिएका पाँचै जनाकाे परिचय खुलेकाे छ ।

हत्या भएकाहरुमा जानकी मुसहर, माधव मुसहर, पोषराज मुसहर, करुण चौधरी र आशिष चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । माधव र जानकी श्रीमान श्रीमती रहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारको मैनहवामा एक महिला र ४ पुरुष गरी पाँच जनाको सामुहिक हत्या भएको हो । मैनहवामा स्थानीय कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । घटनास्थलमा कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने आशंका गरिएको खत्रीले बताउनुभयो । फार्ममा ६ जना कामदार थिए । पक्राउ परेका सिंजाली पनि फार्मका कामदार हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP