दिपक के.सी.
जेठ २९ कपिलवस्तु
“विहानै उठ्छु , नित्य कर्म पछि योग सुरु हुन्छ , यतिका बर्ष बाहिर बसे योगबाट मन तन स्वस्थ र आत्मबल बढ्छ भन्ने यहि आए पछि थाह भो ।” कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा रहेको क्वारेन्टाइनमा बसेका ७३ बर्षे बृद्ध खिम बहादुर भट्टराईले हसिलो अनुहार बनाउदै भने । “कोरोन अब लागे पनि डर छैन कसरी बच्ने आत्मबल कसरी बढाउने भन्ने कुरा मैले यहि बस्दा बुझि सके ” उनले भने ।
बृद्ध सगैं क्वारेन्टाइनमा बसेका २४ जनालाई कोरोनालाई जित्न सक्छु भन्ने आत्म विश्वास जागेको छ । नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरको क्वारेन्टाइनमा बसेका उनीहरुको दैनिकी व्यायम योगा र नाचगानबाट सुरु हुन्छ । “क्वारेन्टानमा आएको ६ दिन भइसक्यो तर बाहिर बसे जस्तो फिल भएको छैन , आफ्नै घरमा बसेको छु भन्ने भान भएको छ ” भारतबाट आएकी १८ बर्षिय युवतीले भनिन । “कोरोना जित्न आत्म बल बलियो बनाउनु पर्छ सरहरु भन्नु भएको । हामीलाई विहान विभिन्न जडिबुटि मिश्रित तातो पानी खान दिनहुन्छ, यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ रे ।”
क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल बढान हरेक दिन विहान व्यायम योगा र नृत्यको समय तालिका रहेको क्वारेन्टाइन व्यस्थापक शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनु भयो । क्वारेन्टाइनमा खाना,खाजा, नास्ता र नाच अनि योगको समय तालिका रहेको छ सोहि तालिका अनुसार नै हामीले नियमित उनीहरुलाई खुसी राख्ने प्रयासमा छौ पौडेलले भन्नु भयो ।
नेपाल आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अहिले गर्भवती महिला सहित २ महिने बालक पनि रहेका छन ।
क्वारेन्टाइन व्यवस्थापक टिमले उनीहरुको लागी पनि विशेष व्यवस्था गरेको जनाएको छ । गर्भवती र शिशुको आमाका लागी आवश्यक पौष्टिक आहारको व्यवस्था गरिएको पौडेलले बताए । गर्भवती महिलाको गर्नुपर्ने नियमित स्वास्थ्य जाचँको सेवा पनि क्वारेन्टाइनमा नै उपलब्ध गराइएको उहाँले बताउनु भयो । गर्भवती र २ महिने शिशुको आमाका लागी हरेक दिन विहान बेलुका पौष्टिक आहार र दुध समेत दिदै आएको क्वारेन्टाइन व्यवस्थापक पौडेलले बताउनु भयो ।
क्वारेन्टाइनमा रहेका २४ जना मध्ये बुधबार ९ जनाको स्वांब संकलन गरी पिसिअर परिक्षणका लागी काठमाण्डौ पठाइएको पौडेलले बताउनु भयो । कोरोना जित्नको लागी आत्मबल बलियो हुनुपर्छ हामी यहाँ बसेकाहरुलाई भोलि रिपोर्टले कोरोना पोजिटिभ देखायो भने पनि कसरी आत्मबल बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने सिकाएको हरेक दिन विहान शारिरीक व्यायम सहित योग अभ्यास दिदै आउनु भएका स्वास्थ कर्मि अहेब डिबि हमालले बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया