Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

डेङ्गुकाे महामारी बढ्दै गण्डकी प्रदेशमा

गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो ।

हालसम्म ती जिल्लामा डेङ्गुका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेको बताइन्छ ।

गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइन्छ । निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाले सो क्षेत्रलाई डेङ्गु रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणका गतिविधि शुरु गरिएको छ । कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेङ्गु सङ्क्रमण फैलन नदिनका लागि ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम शुरु गरिएको निर्देशनालयले जनाएको छ ।

डेङ्गु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खालागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन् । डेङ्गुको उपचारसमेत हालसम्म पत्ता लाग्न सकेको छैन ।

त्यसैगरी स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत जस्ता लक्षण देखिने भएकाले यसबाट जोगिन घर बाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP