Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

मृतक पाँच जनाको पहिचान खुल्यो, चार गम्भीर घाइतेलाई चितवन पठाइयो


८ असार, काठमाडौं : गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएकाे छ। दुर्घनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज पठाइएको छ। दुई जनाको सकुशल उद्धार गरिएको छ।

शहीद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप शुक्रबार बिहान २ बजे दुर्घटनामा परेको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

१९ जना सवार जीपमा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको र अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको लामिछानेले बताए।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।

दुलहा दुलहीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर जिप शहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको थियो। बेहुलाबेहुलीसहित अर्को दुईवटा गाडी अगाडि गएको र तेस्रो गाडी दुर्घटनामा परेको नायब उपरीक्षक थापाले बताए। घाइते सबैजना शहीद लखन-५ पोखरीडाँडाका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP