Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ५ हजार भत्ता


८ असार, जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाले ५ हजार सुत्केरी भत्ता दिएको हो।

सिंजा गाउँपालिकाले घरमा हुने सुत्केरी दर शून्यमा झार्न सरकारले दिँदै आएको ३ हजार भत्ताबाहेक पालिकाले ५ हजार भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललितबहादुर रोकायाले बताए।

उनले भने, ‘बर्थिङ सेन्टरभन्दा टाढा रहेका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनेलाई ५ हजार प्रोत्साहन भत्ता दिने गरिएको हो। उनका अनुसार सिंजा गाउँपालिकाले २६ जना महिलालाई सुत्केरी भत्ता दिएको छ। दलित, विपन्न महिलालाई लक्षित गरी स्वास्थ्य शाखाले यस्तो कार्यक्रम लागू गरेको हो।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले घरमा हुने सुत्केरी दर शून्यमा झार्न यस्तो कार्यक्रम गरिएको बताए। उनका अनुसार सिंजाका केही गाउँ बर्थिङ सेन्टरभन्दा टाढा रहेका छन्। उनीहरु घरमै सुत्केरी हुन्छन् भन्ने थाहा पाएपछि पालिकाले सुत्केरी हुन स्वास्थ्य सांस्थामा आउनेलाई ५ हजार प्रोत्साहन भत्ता दिने गरेको हो।

उनले भने, ‘सिंजाका सबै वडामा प्रसूतिगृह निर्माण गरिएको छ तर केही गाउँ वडाभन्दा टाढा रहेकाले त्यहाँबाट सुत्केरी हुन आउने महिलाका लागि पालिकाले यस्तो कार्यक्रम ल्याएको हो।

उनका अनुसार सिंजा गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई ५ हजार प्रोत्साहन दिने कार्यक्रमलाई निरन्तरता दिने बताए।

सिंजा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मित्रलाल धितालले बर्थिङ सेन्टरमा सुत्केरी नभएका कारण मातृ शिशु मृत्युदर बढ्ने बताए। उनका अनुसार सुत्केरीलाई सरकारबाट प्रदान गरिने ३ हजारबाहेक गाउँपालिकाले थप गरेर प्रति सुत्केरीलाई ५ हजार भत्ता प्रदान गर्ने गरेको हो।

सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि सुत्केरी हुने महिला स्वास्थ्य संस्थामा आउन थालेका छन्।

उनले भनिन्, ‘यो वर्ष अझै पनि हाम्रो अपेक्षा रहेको छ। उनले भनिन्, ‘पालिकाको यो कार्यक्रमले निम्नवर्गका परिवारका लागि पोषिलो खानेकुरा खाने र न्यानो लुगा लगाउने सहज हुनेछ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP