८ असार, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ।
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत छन् । उनको मुटुमा पेसमेकर राखिएको छ। मुटुको चाल कम भएपछि चिकित्सकहरूले पेसमेकर जोडेका थिए। उनी अहिले अस्पतालमै आराम गरिरहेका छन्।
त्यसअघि उनको शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा मुटुको एन्जियोप्लास्टी गरिएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया