Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

बालेनले सार्वजनिक गरेका यी हुन् चालू आवका उपलब्धिमूलक काम


८ असार, काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आव ०७९/८० मा गरेका उपलब्धिमूलक कामहरु सार्वजनिक गरेका छन्। उनका अनुसार अनधिकृत फोहोर फाल्ने २९३ व्यक्ति तथा संस्थालाई कारबाही गरिएको छ।

महानगर प्रमुख शाहले १ लाख ८० हजार ७५६ वर्गफिट पार्किङ हुने गरेको कालोपत्रे सडकबाट पार्किङ हटाएको जानकारी दिए। ‘अनधिकृत पार्किङ गरिएका १६ हजार ७५७ वटा सवारीसाधन नियन्त्रण लिइएको छ, २३१ वटा अनधिकृत सवारी वर्कसपलाई कारबाही गरिएको छ,’ उनले भने।

उनका अनुसार १ हजार २० ठाउँको सडक अतिक्रमण हटाइएको छ। २७० ठाउँमा आगलागी नियन्त्रण, १६ हजार ५७० वटा अनधिकृत संरचना
हटाइएको छ। १८ हजार ९८३ वटा अनधिकृत होर्डिङ बोर्ड र परिचय पाटी विस्थापन गरिएको उनले जानकारी दिए।

९५ हजार ५३८ वर्गफिट अन्य प्रयोजनमा भएको भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण गरिएको छ। ट्राफिकको रिपोर्टको आधारमा यही कडाइको कारणले गर्दा काठमाडौंको ट्राफिक ५ मिनेट चाँडो भएको महानगर प्रमुख शाहले दावी गरेका छन्। उनले भनेका छन्, ‘धन्यवाद सबैलाई यो अभियानमा साथ दिनु भएकोमा।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP