Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

वायुसेवा निगममा कर्मचारी थप्नु नेपाल आमाको रगत खानु सरह : योगेश भट्टराई


८ असार, काठमाडौँ : पूर्वमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यस्तो टिप्पणी गरेका हुन्। उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको दाबी गरे। उनले यदि ग्राउण्ड ह्याण्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए।

उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए।

भट्टराई भने, ‘नेपाल वायुसेवा निगम हिमाल सिमेन्ट कारखाना जस्तो बन्न पुगेको छ। कारखानाका कर्मचारी अहिले पनि तलबभत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ। निगमलाई संरचनागत हिसाबले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ।’

उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको दाबी गरे। उनले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताए।

उनले नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरूका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताए।

उनले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टि जनाए। उनले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसाबले सुधार गर्न आवश्यक रहेको दाबी गरे।

सांसद भट्टराई एमालेको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगे पनि निजीकरण गर्‍यो भनेर काम गर्न नदिइएको बताए। उनले सर्वसाधारण समेतलाई शेयर निष्काशन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको बताए। उनले त्यसका लागि प्रबन्धपत्र तयार भएको बताए।

उनले भने‚ ‘नेपालका निजी कम्पनीमा १६ वटा जहाज सञ्चालन गर्न ११ सय कर्मचारीले पुगेको छ। निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी किन चाहियो? नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो। आज त्यस्तै भइरहेको छ।’

उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तरराष्ट्रिय विमानस्थलभन्दा अरू हुन नसक्ने बताए। उनले् भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल चलाउन सरकारले पहल गर्नु आवश्यक रहेको बताए। नेपालमा ५५ वटा विमानस्थल रहे पनि धेरै विमानस्थल चल्न नसकेको बताए। उनले नयाँ विमानस्थल थप्न आवश्यक नभएको बताए।

उनले भने‚ ‘जुन ठाउँमा ४५ मिनेटको दूरीमा अन्तरराष्ट्रिय विमानस्थल छ। त्यहाँ विमानस्थल आवश्यक छैन।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP