Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

राजेन्द्र पाण्डेको आक्रोश : प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ


८ असार, काठमाडौं : नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको भन्दै विघटन गर्न आग्रह गरेका छन्।

बजेटप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै आएका पाण्डेले शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै यस्तो आक्रोश पोखेका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। आज प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ। यो त तीन दिनअघि प्रश्न गरेको हो नि। उहाँको सचिवालयले तयार गर्नुपर्थ्यो कि पर्दैनथ्यो। विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय।’ पाण्डेले भने, ‘अहिले मन्त्रीले मन नपराएका सचिवजति त्यहाँ (प्रधानमन्त्री कार्यालयमा) कवाडीखाना जस्तो थन्क्याएको स्थिति रहेछ। त्यस्ता सचिव जम्मा भएपछि तिनीहरूले काम गर्छन्? यतातिर प्रधानमन्त्रीको ध्यान जान जरुरी छ।’

उनले आफू मातहत भएका राष्ट्रिय अनुसन्धान विभागलगायतका निकाय फिर्ता गर्न प्रधानमन्त्रीले पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुगमन विभाग, राजश्व अनुसन्धान विभाग आदि विगतमा प्रधानमन्त्री मातहत थिएन। विगतका प्रधानमन्त्री(केपी ओली) ले त्यो सबै आफ्नो हातमा केन्द्रीकृत गर्नुभयो।’ पाण्डेले भने, ‘त्यो केन्द्रीकृत विरुद्ध आजको प्रधानमन्त्रीले विरोध गर्नुभएको थियो। आफू प्रधानमन्त्री भएपछि पुरानै ठाउँमा किन फर्काउनुभएन?’

उनले प्रधानमन्त्रीको दैनिकी उद्घाटन शिलान्यास, सम्मेलन डेलिगेसन र राजनीतिक भेटघाटमा बितेको भन्दै यत्रो क्षेत्र उनले सम्हाल्न नसक्ने देखिएको बताए।उनले बजेट असन्तुलित रहेको भन्दै सच्याउने काम नभए पास नहुने अडान पनि दोहोर्‍याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP