Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

उपमेयरका पतिले कर्मचारीलाई पेलेपछि पेन डाउन घाेषणा


असार ८, कपिलवस्तु । नगर उपप्रमुखका श्रीमानको ज्यादतीविरुद्ध कपिलवस्तु नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुलाई थर्काउने,धम्क्याउने, गालीगलौज गर्ने,तथा आफूले भनेअनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिने भन्दै शुक्रबारदेखि कर्मचारीहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरु बताउँछन् । “यहाँ काम गर्ने वातावरण छैन,उपप्रमुखभन्दा पनि उनका श्रीमान हावी छन् जसको कुनै हैसियत नगरपालिकाभित्र छैन” एक कर्मचारीले भने ।

उपमेयर श्रीमतिको आडमा उनका श्रीमान सन्जय गुप्ताले कर्मचारीहरुलाई अनेकन दु:ख दिएकै कारण आजदेखि पेन डाउन घोषणा गर्नुपरेको कर्मचारीहरु बताउँछन् । साथै नगरपालिका कार्यालयले नै उपप्रमुखका श्रीमान गुप्ताविरुद्ध गाली बेइज्जतीमा कारवाही निम्ति पत्राचार नै गरेको छ । 

श्रीमती उपमेयर बन्दा श्रीमानहरुलाई काइदाको फाइदा भएको ज्वलन्त उदाहरण कपिलवस्तु नगरपालिका हो । कुनै बेला १ सयका सामान ५ सयमा स्थानीय पालिकामा सप्लाई गर्दै आएका सन्जय इन्टरप्राइजेजका मालिक सन्जय गुप्ताले स्थानीय निर्वाचनमा आफ्ना नेता वृजेश गुप्ताविरुद्ध उत्रिएर श्रीमतीलाई जसपाबाट उपमेयर उम्मेदवार बनाएका थिए । मेयरमा उठेका लोकप्रिय युवा सुदिप पौडेलको प्रभावले उनी संगै गुप्ताले पनि चुनाव जितिन् । तर चुनाव जितेको अर्को दिनदेखि उपप्रमुख सुनिताको नाममा शासन भने लोग्ने सन्जयले गर्दै आएका छन् ।

उपप्रमुखको हैसियतले हुने जुनसुकै कार्यक्रम,नीति,योजना निर्माण तथा अनुगमनमा श्रीमान सन्जय गुप्ता नगई श्रीमती जाँदिनन् वा गुप्ताले जानै दिन्नन् । नगरपालिकाभित्र सन्चालन हुने योजनाहरुको अनुगमन संयोजक उपप्रमुख गुप्ता भए पनि श्रीमानले गरेर ठेकेदार वा उपभोक्तासंग सेटिङ्ग नमिलेसम्म उनीहरुको योजना पास हुँदैन । जसका कारण नगरपालिकामा चरम विवाद बढ्दै गएको छ ।

योजनाको मूल्यांकन गर्दा प्राविधिक कर्मचारीहरुलाई धम्क्याउने र उपमेयरका श्रीमानले भनेसरी योजनाको मूल्यांकन तलमाथि नगरे गालीगलौजसमेत गर्ने गरेका छन् । आफूले भनेका व्यक्तिहरुलाई उपभोक्ता समितिमा नराखे योजना सम्झौतामै अवरोध गर्ने, कमिशनमा नयाँ नयाँ योजनामा बजेट हाल्ने देखि लिएर नगरकार्यपालिका बैठकहरुमा समेत उपमेयरका श्रीमानले अवरोध तथा हस्तक्षेप गर्दै आएका थिए । अरु त अरु पालिकाले लगाएको नदीजन्य पदार्थ ठेक्कामा समेत उपमेयरका श्रीमान गुप्ताले ठेकेदारसंग अनुगमनका नाममा मासिक १ लाख रुपैयाँ  उठाउँदै आएका थिए ।

मासिक नदिनेहरुलाई भने उनले अनेकन दुखः दिने गरेको स्थानीयवासी बताउँछन् । यही १० गते हुन गइरहेको नगरसभाको तयारीमा जुटेका कर्मचारीहरु आन्दोलित भएपछि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु समेत तनावमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP