काठमाडौं : नेकपा एमालेका सांसद तारा लामा तामाङले नेपाल एयरलाइन्सको प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले नेपाल एयरलाइन्समा सुधार ल्याउन योग्य व्यक्ति नियुक्त गर्नुपर्ने बताएका हुन्।
उनले पर्यटनमन्त्रीले नेपाल एअरलाइन्समा अनावश्यकरूमा कर्मचारी भर्ती गर्न लागेको भन्दै आपत्ति जनाए। ‘नेपाल एयरलायन्स आर्थिक रूपमा नाजुक अवस्थामा पुगेको वेला पर्यटनमन्त्रीले ४०/५० कर्मचारी करारमा नियुक्त्ति गर्नु गलत हो’, उनले भने। तामाङले पर्यटन मन्त्रालयले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुनै योजना नल्याएको भन्दै विरोध जनाए ।
तामाङले पर्यटनमन्त्रीको वडामा जति पनि उनको मन्त्रालयले सुदूरपश्चिममा बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाए। उनले सुरक्षा निकायका कर्मचारीमा समेत सरकारले विभेद गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरकारले खानाको दररेटमा एकरूपता ल्याउन सुझाव दिए। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको अवस्था दयनीयभएको भन्दै उनले बीओपीलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गरे।
सांसद तामाङले नेपाली सेना देशको गौरव गर्नलायक संस्था भएको भन्दै उनले यसको संख्याको बारेमाविभिन्न टिका टिप्पणी हुने गरेकोले यस बारेमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखे।
‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुपुर्व सेनाको संख्या १० हजार भए हुन्छ किन यति ठूलो सेना चाहियो भन्ने अभिव्यक्ति दिनुहुन्थ्यो’, उनले भने, ‘त्यसैले उहाँ अहिले प्रधानमन्त्री हुँदा यो विषय उठेको हुनसक्छ। हैन भने यसको विषयमा गैरजिम्मेवार हिसावले बोल्नु हुFदैन । सेनाको संख्याबारे हामीले राष्ट्रिय सहमति गर्न आवश्यक भइसकेको छ।’
उनले नेपाली सेनालाई समेत समयानुकुल चल्न सुझाव दिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया