काठमाडौं : कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा सभापति खड्का चढेको गाडी दुर्घटनामा परेको हो।
आइतबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागी हुन पुगेको खड्कासहितको टोली दुर्घटनामा परेको हो। कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको गाडी दुर्घटना हुँदा खड्कासहित ९ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरी, चौरजहारी नगरपालिका–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्लसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया