बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु


१० असार, बागलुङ : चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।

शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए। चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको छ। ​

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP