Trending
flash करोडौका सोलार भन्सार छुट गराउन चलखेल राजनीति प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ‘ह्वीप’ राजनीति मेलम्ची नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँवासीलाई पानी खुवाउनू : मन्त्री यादव समाज ढोरपाटनको प्रकृतिसँग रम्न चाहने पर्यटक सडक सास्तीले बीचैबाट फर्कन्छन् समाज मामाघर गएका बालकको सेप्टिक ट्यांकीमा खसेर ज्यान गयो राजनीति भारतसँगको असमान सम्झौता नसच्याएसम्म नेपालको विकास हुँदैन : डा.बाबुराम समाज पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा समाज विषालु च्याउ सेवनले बर्सेनि लिन्छ ज्यान, कसरी चिन्ने च्याउ? अन्तर्राष्ट्रिय बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो राजनीति ‘चुनावसम्म नै माओवादीसँग सहकार्य नगर्ने शर्तमा कांग्रेससँग गठबन्धन’

मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट


१० असार, काठमाडौं : शिक्षा मन्त्रालयले मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरेको छ।

मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ।

त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले विद्यालय छनोट गरेको मन्त्रालयले जनाएको छ। मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए।

रकम स्थानीय तहमार्फत उपलब्ध गराइने छ। रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिने छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षणबाट उच्च अंक प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको हो।

केन्द्रले स्थापना कालदेखि नै माध्यमिक तहका विद्यालयको मात्रै कार्य सम्पादन मूल्यांन गर्दै आएको छ। विद्यालय कार्यसम्पादन परीक्षणका लागि केन्द्रले मुख्य गरी चार वटा सूचक निर्धारण गरेको छ।

लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राहीको सन्तुष्टिको स्तर सबैलाई गरेर कुल ८९ वटा सूचक निर्धारण गरिएको छ। मुलुकभर छ हजार ८८५ वटा सामुदायिक माध्यमिक विद्यालय छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP