कामप्रति सन्तुष्ट नभएकाले दुग्ध विकास खारेज गर्न लागेको मन्त्री भुसालको दावी


काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको दावी गरेका छन्।​

आइतवार ललितपुरमा ‘डेरी दर्पण’ विमोचनमा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताएका हुन्। उनले बोर्ड स्थापनाको उद्देश्यअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए।

उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजी सूचीमा परेको बताए। उनले सरकारले दूध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज गरे पनि अन्य संरचनाबाट काम गर्ने स्पष्ट पारे।

उनले दुग्ध विकास बोर्ड खारेज गरी सरकार दूध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताए।

उनले भने, ‘नेपाल सरकार दूधको विकासप्रति प्रतिबद्ध छ। दुग्ध विकास बोर्ड खारेज विषयमा आत्तिहाल्नुपर्ने‚ दुःखी हुनुपर्ने अवस्था देख्दिनँ। खर्च कटौती आयोगले गरेको सिफारिसका आधारमा खारेज भएको हो। सरकारले कुनै न कुनै हिसाबले व्यवस्थापन गर्छ। अहिलेको सरकारले खारेज गरेको भनेर प्रचार भएको देख्छु। त्यो उपयुक्त छैन।’

उनले सरकारले दूध विकास गर्नका लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताए। उनले सरकारले नश्ल सुधार गरी दूधको विकास गर्नेतर्फ प्रतिबद्ध रहेको बताए। उनले बोर्ड खारेज हुँदैमा डेरी व्यवसायी आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। उनले सरकारले दुग्ध विकास गर्नकै लागि बोर्डको पुनःसंरचना गर्न खोजेको बताए।

मन्त्री भुसालले भने‚ ‘सरकारले दूध विकास गर्न नचाहेको भए अस्ति भर्खर मुर्रा राँगा किन ल्याउँथ्यो होला र ? विकसित नश्ल सुधार ल्याउने काम सरकारले गरिरहेको छ। कृषिलाई कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने कुरा हो। कामको हिसाबले भन्ने हो भने दुग्ध विकास बोर्डले गरेको कामसँग सरकार सन्तुष्ट छैन। अनुसन्धान, समन्वय गर्ने गरी जुन ढङ्गले स्थापना गरियो‚ त्यो अनुसार काम भएन। सरकारले बोर्ड पुनः संरचना गर्न खोजेको मात्रै हो। दूध विकासबाट हात धुन सरकारले खोजेको होइन। अहिलेको भन्दा राम्रो गर्नुपर्छ भन्ने पक्षमा सरकार छ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने माग गरे। उनले कुल गार्हस्थ उत्पादनमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्ड खारेज गर्न नहुने बताए।

उनले सरकारले बजेट संशोधन गरेर बोर्ड खारेज गर्ने विषय फिर्ता लिनुपर्ने बताए।

उनले नेपालमा सिजन नभएका वेला ३० प्रतिशत पाउडर दूध र चिज बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए।

उनले केही उद्योगले लबिङ गरेर बाहिरबाट पाउडर दूध र चिज ल्याउन रोक लगाएको भन्दै त्यसको कारण दूधको मूल्य बढेको बताए। उनले सरकारले कोटा सिस्टममा भए पनि पाउडर दूध र चिज आयात गर्न खुला गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP