Trending
समाज पोखरा हिँडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना flash कृष्णनगर विद्युत केन्द्रद्धारा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल flash नेकपा एमाले कपिलवस्तुले मनायो वृक्षरोपण गरि पुष्पलालकाे ४६ औँ स्मृति दिवस flash करोडौका सोलार भन्सार छुट गराउन चलखेल राजनीति प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ‘ह्वीप’ राजनीति मेलम्ची नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँवासीलाई पानी खुवाउनू : मन्त्री यादव समाज ढोरपाटनको प्रकृतिसँग रम्न चाहने पर्यटक सडक सास्तीले बीचैबाट फर्कन्छन् समाज मामाघर गएका बालकको सेप्टिक ट्यांकीमा खसेर ज्यान गयो राजनीति भारतसँगको असमान सम्झौता नसच्याएसम्म नेपालको विकास हुँदैन : डा.बाबुराम समाज पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा

नेकपा विभाजनको विश्लेषण गर्न ओलीको माग


काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्।​

आइतवार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणको यथार्थ विश्लेषण गरे भविष्यलाई राम्रो हुने स्पष्ट पारे।

उनले नेकपा विभाजन हुनुको कारण स्वचालित वा परचालित भन्ने विश्लेषण जरुरी रहेको बताए।

उनले भने, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो। त्यो विभाजन यसले यसो भन्यो, उसो भन्यो भनेर मात्रै हुँदैन। त्यसका पछाडिका कारण र उद्देश्य के थिए‚ किन विभाजन गरियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? रिमोट कन्ट्रोल कति थियो? हामीले यो सबै कुराको यथार्थ विश्लेषण गर्‍यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्न सके राम्रो हुने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP