Trending
समाज पत्रकार महासंघको चुनाव फेरि स्थगित, ३ महिनापछि प्रदेश तथा जिल्ला अध्यक्ष भेलाकाे तयारी राजनीति जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु राजनीति संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड (अन्तर्वार्ता) राजनीति संविधान संशोधन कसैको अधिकार कटौती गर्न होइन : कानूनमन्त्री चौरसिया समाज दशैँका लागि आज सुपथ पसल खुला, खसीबोकामा १० रूपैयाँ छुट राजनीति १७ देशका प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित समाज खाद्यमा खुल्‍यो सहुलियत पसल, दाल चामलमा पाँच रूपैयाँ छुट राजनीति राजनीतिक स्थायित्वका लागि संविधान संशोधन : ज्ञवाली flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

प्रचण्ड सरकार नै अहिलेको एकमात्र विकल्प : सांसद सापकोटा


काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसद्‌बाट बजेट पास हुने दाबी गरेका छन्।

आइतवार संसद्‌बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सांसदहरूले संसद्‌मा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिबद्धता जनाइसकेकाले बजेट पास हुने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनै पनि विकल्प नरहेको बताए।

उनले भने, ‘बजेट पास हुन्छ, सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुनेछ। अर्थमन्त्रीले बजे संशोधन गर्छु र उठेका सवाल सुधारेर जान्छु, भन्नुभएको छ। बाँकी कुरा सुधार गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ। त्यसैले यहाँ केही कमिटमेण्ट गराएर पार्टी र संसद्‌लाई आश्वस्त पार्नुहुन्छ। विधि, प्रक्रियामा लगेर उठेका विषय सम्बोधन गर्ने प्रक्रियाबाट अघि बढ्छ। प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन। नेपाली काँग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन। नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन।’

उहाँले नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP