शिवराज अनलाइन, कृष्णनगर । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ कराेड ९९ लाख ८६ हजार १ सय २५ रुपैयाकाे बजेट प्रस्तुत गरेकाे छ ।
कृष्णनगर नगर उप – प्रमुख आरती देवी चाैधरीले कृष्णनगरकाे दशाैँ नगर अधिवेशनबाट नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।
नगर प्रमुख रजत प्रताप शाहले नगरले शिक्षा, स्वास्थ, कृषि, पर्यटन र राेजगारलाई प्राथमिकता दिएकाे बताए । उनले भाैतिक पुर्वाधार विकासका कामलाई प्राथमिकतामै राखेर निरन्तरता दिएकाे बताए । कृ्ष्णनगर मुख्य औद्योगिक व्यापारिक केन्द्र भएकाेले शहरी पुर्वाधारकाे दिगाे विकासका माध्यमबाट जन अपेक्षा अनुसार समृद्ध नगर बनाउनु पर्नेमा जाेड दिएको नगर प्रमुख शाहले बताए ।
उनले देशमा भएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै गरिब, दलित, महिला र विपन्न लक्षितलाई समेत प्राथमिकतामा राखेकाे बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया