प्रहरीको सेटिङ्गमै खुला सिमानाकाको फाइदा उठाउँदै खुलेआम तस्करी

कपिलवस्तु। सेटिङ्गमै तस्करी खुला कपिलवस्तु प्रहरीकाे सेटिङ्गमा खुला सिमानाकाकाे फाइदा उठाउदै कपिलवस्तुमा खुलेआम तस्करी शुरु भएकाे छ । केही दिन देखि भारतबाट चिनि, दाल, मलखाद, कपडा, माेटरपार्टसका सामान नेपाल ल्याईन्छ भने नेपालबाट सुपारि,रामदाना,पाेस्ता सेटिङ्गमा भारत तस्करी भई रहेकाे पाईन्छ । जिल्लाकाे हर्दाैना,लाेहटी,बन्चाैरा,भिल्मी,बगही ककराहवा ,कुशहवा, सिर्सिहवा , बेदमउ नाकाबाट दैनिक खुलेआम तस्करी भईरहदा सुरक्षा निकायकाे आंखा पुगेकाे छैन । प्रत्येक पांच छ किलोमिटरभित्र बिओपी, दर्जनौं प्रहरी चाैकी छन ।

सिमानाका शसस्त्र प्रहरी बलकाे जिम्मामा रहेपनि नेपाल पुलिसले दैनिक गस्ति खटाई तस्करसंग पैसा असुल गरिरहेकाे स्राेतकाे दाबी छ । सिमानाकामा दैनिक सामान दाेहन हुदा प्रहरी प्रशासन मुखदर्शक भई हेरेकाे हेरे हुन्छ । नेपालमा आर्थिक मन्दि रहेकाे अवस्थामा नेपाल सरकारले राजश्व उठाउना कडाई गरेकाे माैका छाेपी कपिलवस्तुमा ठुलाे गिराेहले तस्करी सुरू गरेका छन । तस्करलाई खुला रुपमै कपिलवस्तुकाे शस्सत्र प्रहरी बल र नेपाल पुलिसले सहयाेग गरि रहेकाे छ जसले राजस्व चुहावट बढी भई भन्सार लक्ष्य पुर्याउन सकेकाे छैन ।

सयम सयममा तस्करसंगकाे सेटिङ्गमा सामान पक्रऊ गरि बहादुरिकाे चर्चा देखाउने गरेका नेपाल पुलिसले सामान पक्राऊ गर्दा मन्छे छाेडेकाे घटना धेरै नै छन । नेपाल पुलिसका प्रहरी उपरिक्षक प्रेम बस्नेतकाे सरूवा हुने बेला नजदिक भएकाेले जिल्लामा खुला तस्करी बढेकाे सुचक स्राेत बताउंछन । जिल्लामा तस्करी ठुलाे मात्रामा हुनुले सुन र चरेसकाे तस्करी बढेकाे अनुमान पनि गर्न सकिन्छ । तर सिमामा खटेकाे शस्सत्र प्रहरी बल र नेपाल पुलिस सिमानाका खालि छाेडेरा तस्करीलाई बढावा दिदै गरेकाे स्थानियकाे अराेप छ ।

केहि दिन पहिला भारतबाट नेपालमा मालसामान ल्याई अनलाेड गरेर फर्किने बेला भारतकाे कस्टमले साे ट्रकबाट ८० बाेरा सुपारी बरामद गरेकाे थियाे । याे विषयमा नेपालकाे पुलिस र सशस्त्र प्रहरी अनभिज्ञ रहेकाे छ । सिमाक्षेत्रका चाैकी र बिओपीमा काजमा पुगेका सुरक्षाकर्मीकाे नियत कमाउने बन्दै जानु राज्यकाे लागि घातक हुने छ । थाेरै पैसाका लागि साना हतियार ,सुन र लागुओैषध ओसारपसार प्रसय पाउने सराेकारवालाकाे बुझाई छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP