कपिलवस्तुमा लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ


कपिलवस्तु । कपिलवस्तुमा दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । जिल्लाका शिवराज नगरपालिका वडा नम्बर ९ रमुदहव बस्ने ४२ वर्षीय कृष्ण बहादुर घर्ती मगर र उनकी श्रीमती ३९ वर्षीय मशान्ती घर्ती मगरलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेकाे छ ।

प्रहरीले लागुऔषध ओसार- पोसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरी टाेलीले शनिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुकाे साथबाट अधिकृतको टोलेले बाटोमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा मशान्ती घर्ति मगरको शरीरमा लुकाई छिपाई राखेको ८ पोका अन्दाजी ४ किलाे चरेस जस्तो देखिने कालो खैरो वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

मसान्ती घर्तीले हातमा उचालेकाे कालो बुट्टा भएको कालो झोला भित्र भारतीय रु ५ सय दरको ८ थान, भारतीय नोट ४ हजार नेपाली रु १ हजार, नेपाली १ सय, नेपाली रु २० को थान-९, जम्मा नेपाली रु १ सय ८०, नेपाली रु .१० को थान-८ को जम्मा नेपाली ८०, नेपाली रु ५ को थान १ , ५ को रूपैया १ हजार ३ सय ६५ रूपैया गरि जम्मा रकम नेपाली ७ हजार ७ सय ६५ रुपैया समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार सोही झोलामा नाेकिया लेखेको सादा मोबाइल १ थान र निजको श्रीमान कृष्ण बहादुर घर्ती मगरको साथ बाट अप्पाेमोबाइल १ थान फेला परेकाे छ । कानून बमोजिम बरामद गरी दुवै जना ब्याक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई प्रहरीले जनाएको छ ।

यस्तै साेही घटनामा जिल्ला रुकुम पुर्व सिस्ने गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष ४९ को सेत बहादुर बुढाथोकी, जिल्ला रुकुम भुमे गाउँपालिका वडा नम्बर १ घर भएका हाल जिल्ला दाङ लमही नगरपालिका ४ शान्तिनगर बस्ने बर्ष ४३ कि ईच्छा पुरी पुनलाई समेत नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय चन्द्रौटाले अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP