Trending
अपराध लागुऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ समाज रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जानेको संख्या बढ्यो राजनीति कोशी प्रदेशमा कांग्रेसका मन्त्रीले लिए शपथ राजनीति गण्डकीका सबै संरचना अपांगमैत्री बनाउने नीति लिइसक्यौँ : मुख्यमन्त्री पाण्डे राजनीति रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि आउने स्वास्थ्य किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना समाज विदेश जाने यात्रुलाई खादा र माला नलाउन विमानस्थलको आग्रह राजनीति भन्सार अधिकृतलाई अर्थमन्त्रीको निर्देशन- राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् राजनीति समितिमा सुनुवाइ जारी, प्रस्तुति दिँदै प्रस्तावित राजदूत राजनीति प्रचण्डसहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट

पाकिस्तानी सेनाका लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारी बर्खास्त


१२ असार, इस्लामबाद : पाकिस्तानी सेनाले एक लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारीलाई बर्खास्त गरेको छ।

इमरान खान पक्राउ प्रकरणमा सुरक्षा दिन नसकेको भन्दै थप तीन मेजर र सात ब्रिगेडियरसहित १५ अधिकृतलाई अनुशासनात्मक कारबाहीसमेत गरेको छ।

पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि मे ९ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा सैनिक प्रतिष्ठानहरूको सुरक्षाको जिम्मा ती अधिकारीहरूले लिएको थिए। तर तीनले सैन्य भवनको सुरक्षा दिन नसके पछि सेनाले गरेको अनुसन्धानपछि उनीहरु माथी कारबाही गरिएको हो।

इमरान खानको पार्टीका कार्यकर्ताहरूले मे ९ मा लाहोर कोर्प्स कमाण्डर हाउस, मियाँवाली एयरबेस र फैसलाबादको आईएसआई भवनसहित २० भन्दा बढी सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा तोडफोड गरेका थिए।

रावलपिंडीस्थित आर्मी हेडक्वार्टर (जीएचक्यू) मा पनि अनियन्त्रित र अराजक भीडले आक्रमण गरेको थियो। जसकाकारण, त्यहाँ रहेका भवन तथा भौतिक पुर्वाधारको संरचनामा क्षति हुन पुगेको थियो।

सैन्य प्रवक्ता मेजर जनरल अरशद शरीफले भने कि सेनाले सो हिंसाका बारेमा दुई दुई पटक अनुसन्धान गरे पछि सो कारबाही गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP