Trending
समाज जाजरकोट भूकम्प पीडितले अझै पाएनन् चीन सरकारले घोषणा गरेको सहयोग समाज दुर्घटना न्यूनीकरण गर्न व्यक्ति स्वयम सचेत हुनुपर्छ : मुख्यमन्त्री कार्की अन्तर्राष्ट्रिय अधिकारकर्मीको तत्काल रिहाइ गर्न चीनसँग अमेरिकाको माग समाज बाँकेमा हावाहुरीले कम्पाउन्ड वाल भत्काउँदा च्यापिएर एक महिलाको मृत्यु समाज खोलाले बगाएर एकजनाको मृत्यु राजनीति जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै ल्याउँछौं : गृहमन्त्री लामिछाने राजनीति राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान छ : सभापति देउवा समाज कपिलवस्तु अस्पतालमा स्वीकृति बिना काटियाे ९ थान रुख, गल्ति मेसु वा अरु कसैकाे ? flash भन्सार एजेन्ट, सुरक्षाकर्मी र सराेकारवालासँग अन्तरक्रिया आर्थिक ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

अनलाइन जुवा खेलाउने चार आरोपी पक्राउ


१२ असार, काठमाडौं : अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा)हरुमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टावाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेगमीले बताए।

सोधपुछ गर्दा उनीहरुले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरुमा अनलाइनमार्फत नै रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको खुलेको छ। उनीहरुले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको उनले बताए।

पक्राउ परेकाहरुमा बारा जितपुर सिमरा घर भई काठमाडौँको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौँको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौँको ठमेल बस्ने आशा गुरुङ रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP