आठ लाख रुपैंयासहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ


१२ असार, काठमाडौं: वीरगञ्जबाट आठ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन्।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका १६ स्थित खडक खण्डबाट बारा प्रसौनी गाउँपालिका २ का सुनिल कुमार साहलाई रकमसहित नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना २८ प ९००८ नम्बरको मोटरसाइलकमा सवार उनलाई १ हजार दरका ८ सय थान नेपाली नोटसहित पक्राउ गरेको हो। हेलमेट भित्र राखेर ल्याएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको वीरगञ्जका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

यही असार ८ गते पक्राउ परेका उनलाई जिल्ला अदालतबाट बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँचदिन म्याद लिएर प्रहरीले सोमबार सार्बजनिक गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP