प्रतिनिधिसभा बैठकमा आज ५ मन्त्रीले जवाफ दिँदै


१२ असार, काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।​

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत ५ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा सांसद्हरुले उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP