Trending
समाज एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने अपराध लागुऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ समाज रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जानेको संख्या बढ्यो राजनीति कोशी प्रदेशमा कांग्रेसका मन्त्रीले लिए शपथ राजनीति गण्डकीका सबै संरचना अपांगमैत्री बनाउने नीति लिइसक्यौँ : मुख्यमन्त्री पाण्डे राजनीति रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि आउने स्वास्थ्य किशोरकिशोरीको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना समाज विदेश जाने यात्रुलाई खादा र माला नलाउन विमानस्थलको आग्रह राजनीति भन्सार अधिकृतलाई अर्थमन्त्रीको निर्देशन- राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्नुस् राजनीति समितिमा सुनुवाइ जारी, प्रस्तुति दिँदै प्रस्तावित राजदूत

बागमतीको प्रदेशसभा आज बस्दै, कर्णालीमा बजेटमाथिको छलफल सुरु हुने


काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ। हिजो साँझ ६ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको बैठक आज बिहान ११ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा हिजो छलफल गर्ने कार्यसूची रहेको भएपनि बजेटमा सत्ता र प्रतिपक्षी दलका सांसदलाई भेदभाव गरिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपाले बैठक अवरोध गरेका थिए।

सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि हिजो अन्तिम समयमा आएर सूचना टाँसेर बैठक स्थगित भएको थियो। आज पुन सहमति कायम गरेर बैठक बस्न लागेको हो।

यस्तै कर्णाली प्रदेश सभाको बैठकमा पनि वार्षिक बजेट तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुनेछ। छलफलका लागि बिहान ११ बजे बैठक बोलाइएको छ। आज मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए।

जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP