Trending
राजनीति संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे अपराध एनपिएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट राजनीति शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना राजनीति सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट flash विजयनगरमा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न खेल जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित राजनीति गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता राजनीति कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी

पाँच दिने भ्रमणका लागि गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान


काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्किएका छन्।

चीनको सिचुवान प्रान्तमा पाँच दिनसम्मको भ्रमणका लागि मंगलबार राति सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री श्रेष्ठ त्यसतर्फ गएका हुन्।

भ्रमण प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत छन्।

श्रेष्ठ आज ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ। बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन्।

सोही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन्। श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटघाट गर्नेछन् । त्यहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन्। दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने तय भएको छ।

शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन्। त्यसदिन दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ। शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत उनी स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP