Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

यस वर्ष झन्डै १२ सय जनामा डेङ्गी सङ्क्रमण, प्रकाेप फैलिने जाेखिम कायमै

काठमाण्डाै – सरकारले यस वर्ष पनि डेङ्गीले महामारीको रूप लिन सक्ने जोखिम रहेको बताएको छ । साेमवार डेङ्गी सङ्क्रमण रोकथाम तथा नियन्त्रण विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आयोजना गरेको अन्तरक्रियामा निर्देशक डा. रुद्र मरासिनीले यो वर्ष पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउनुभयो ।

ईडीसीडीको तथ्याङ्कअनुसार जनवरी १ देखि अहिलेसम्म ६६ जिल्लामा सङ्क्रमण देखिएको छ । जसमा एक हजार एक सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै दार्चुला, धादिङ र सुनसरीमा सङ्क्रमित भेटिएका छन् । कतिपय सङ्क्रमणका बारेमा पहिचान तथा रिपोर्ट नभएकाले पनि सङ्क्रमण अझ फैलिएको हुन सक्ने ईडीसीडीको अनुमान छ ।

जुनदेखि अगस्टलाई डेङ्गीले महामारीको रूप लिन सक्ने समय मानिन्छ । मनसुनपछिको समयमा डेङ्गी सङ्क्रमण बढ्न सुरु हुन्छ । तर गएको वर्ष मङ्सिरमा पनि डेङ्गी सङ्क्रमण हुने क्रम उच्च थियो । गएको वर्ष ५४ हजार सात सय ८४ जनामा डेङ्गी सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले अहिलेसम्मको अवस्था हेर्दा महामारी फैलिन नसक्ने देखिए पनि तयारी कम गर्न नहुने बताउनुभयो ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारकाे किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, माङ्सपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरू हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुाडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP