Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

कृष्णनगरमा खरको छाना मुक्त अभियान, मेयर शाहले वाचा पूरा गर्दै


शिवराज अनलाइन

कृष्णनगर, १९ भदौ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावको कारण खरको छानो मुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानो मुक्त बनाउन लागेको हो । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रम अन्तर्गत सो अभियान सुरु भएको हो । नगरपालिकाले ३ वर्षभित्र खरको छानो मुक्त घर निर्माण गरिने अभियान चलाएको जनाइएको छ ।

नगर प्रमुख रजत प्रताप शाहले यस चालु आर्थिक वर्ष २०८०÷०८१ मा ५ सय ४० घरपरिवारको खरको छानो (फुस) मुक्त घर निर्माण गरिने योजना रहेको जानकारी दिए । उनले २ करोडको बजेटबाट खरको छानो मुक्त घर निर्माण अभियान सुरु गरिएको बताए । उनले जस्तापाता, पाइप लगायत सम्पूर्ण घर फिटिङका सामग्रीसहित नगरले घर निर्माण गरिने बताए । ३ वर्षमा खरको छानो मुक्त नगर बनाउने उनको भनाई छ । निर्वाचनको बेला जनतालाई दिएको वाचासमेत पूरा गर्न लागेको बताउँदै नगरको चौतर्फी विकासको लागि तत्पर रहेको शाहले बताए ।

मेयर शाहले भने, ‘खरको छानो हुँदा आगलागी हुने जोखिम बढी हुन्छ । नगरबासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न यो खरको छानो मुक्त अभियान कार्यक्रम ल्याइएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरि राख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुन्छ ।’

इन्जिनियर प्रदीप कुमार चौधरीले खरको छाना मुक्त आवासका लागि ठेक्का भएको बताए । यस वर्ष २ करोड बजेटबाट यो अभियान सुरु गरिने तयारी भएको उनले जानकारी दिए । १० करोड बजेटको लागतमा ३ वर्षभित्र नगरमा खरको छाना मुक्त अभियान सञ्चालन गरिएको इन्जिनियर चौधरीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP