कपिलवस्तु, भाद्र १९ । पश्चिम तराई काे मधेशी समुदायका आमाहरुले आफ्नो छोरा सु-स्वस्थ, दीर्घायु हुनाको लागी आज एक दिने बिशेष पुजा-पाठ गर्ने गर्दछन् । जुन यहा आमाहरुले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन। स्थानीय ब्रह्मण अजयमणि त्रिपाठी ज्यु अनुसार यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठको तिथी मा मनाइने गरिन्छ ।
यस पर्वमा घासे कुश,महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्नेगरिन्छ। ब्रत बस्ने आमाहरु बिहान देखी गौधुली साझ सम्म निराजल रही साझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दही संग खाने गर्छिन। तीन छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न जाने र जोते का खेत बाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।
धेरै जसो घरका आईमाईहरु घर भन्दा बहिर कहिले नजोतेको खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछिन,भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गरेको पाइन्छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया