Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कृष्णनगरमा मनाइयो

अजय मिश्र, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर, साना हातहरु, नेपाल आशिष सामाजिक सेवा केन्द्र लगायतको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल, होटल व्यवसायी संघ कृष्णनगरको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस नगरपालिकाको कार्यालय देखि बजार भ्रमण गर्दै कृष्णनगरको गोलघर रैली समाप्त गरियो।

गोलघरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कार्यक्रम कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता, अतिथि हरूमा वडा सदस्य राहुल मोदनवाल, बसन्ती जीसी, केशर विश्वकर्मा लगायात विभिन्न संघ संस्थाका प्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारी हरू रहेका थिए ।

कार्यक्रममा आफन्त नेपालकी कृष्णनगर शाखा प्रमुख भरोसा खतिवडाले शुभकामना मनतव्य राखेकी थिइन। कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष रमेश गौतमले उपस्थित सबैलाई कार्यक्रम सफलताको शुभकामना दिदै हामी सबै मिलेर मानव बेचबिखन तथा ओसारपसार विरूद्ध लागेर सभ्य सामाज निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवसको अवसरमा हस्ताक्षर अभियान समेत संचालन गरिएको जानकारी कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, भद्रभलादमी, स्थानीय, सुरक्षाकर्मी, शिक्षाप्रेमी, विद्यार्थी, सरोकारवाला लगायत हरूको बृहत उपस्थित रहेको जानकारी होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरेले जानकारी दिए। कृष्णनगर नगरपालिका रोजगार तथा राजश्व शाखा प्रमुख ईश्वरी प्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP