२५ भदौ, चितवन : चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग भने भेटिएको छैन। निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक गैँडा मृत फेला परेको हो।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ। वरपर क्षेत्रमा खोजी गर्दा एउटा खुर र खाग नभेटिएपछि शिकारीले गैँडा मारेको आशङ्का गरिएको छ।
गैँडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ।
गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन। तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुनसक्ने आशङ्का गरे। उनले भने, “खाग नभेटिएपछि तस्करले मारेकाे आशङ्कामा अनुसन्धान अघि बढाएका छौँ।”
गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए। तीमध्ये दुई तस्कारले मारेका थिए। सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
चालु आर्थिक वर्षमा यो सहित अर्को एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ। वर्षातका समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरी शिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया